काठमाडौँ : डेली सप क्वीन एकता कपूर प्राय: उनका शोहरु या फिल्महरुमा देखाईएको विषयवस्तुको कारण आलोचित हुन्छिन्। एकताले मुम्बईमा भारतीय सञ्चारमाध्यमहरुसँगको अन्तरक्रियामा आफ्ना आलोचकहरुलाई जवाफ दिएकी छिन्। उनलाई सोधिएको थियो, ‘जो आलोचना तपाई सुन्नुहुन्छ त्यसमा तपाईको केही भन्नु छ ?’

यसमा उनले जवाफ दिईन्, ‘मलाई सेक्स देखाउँदा अत्यन्तै खुशी लाग्छ। अन-स्क्रिन सेक्स देखाउन मलाई कुनै समस्या छैन। हामीलाई सेक्सको समस्या हुनु हुँदैन्। मलाई आफ्नो देशसँग समस्या छ किनकी हाम्रो देशका मानिसहरुका चपाउने दाँत एउटा छ जबकि देखाउने दाँत अर्को छ। हामीलाई बिना सहमतिको सेक्स र सेक्स क्राइममा समस्या हुनु पर्ने हो।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकता अझ थप्छिन्, ‘जहाँसम्म अन्धविश्वासको कुरा छ, सिरियल नागिन एक फ्यानटासी(काल्पनिक) शो हो। म ह्यारी पोटर र गेम अफ थ्रोन्स असाध्यै मन पराउँछु। हामीले त्यस्तै इफेक्ट्स त दिन सक्दैनौं किनकी हाम्रो बजेट उनीहरुका बजेटको १/१०० छ र जुन दिन हाम्रो बजेट उनीहरु समान हुनेछ तब हामी उनीहरुका स्तरमा पुग्नेछौं। हामी स्टोरीलाइनमा मजबूत छौं यसकारण नागिन यति हिट छ।’ एजेन्सी