मंसिर २२, २०७५ काठमाडौँ – मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको होडबाट बाहिरिन पुगेकी छिन् । चीनको सान्यामा भएको फाइनलमा उनी टप १२ बाटै बाहिरिएकी हुन् । शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्यूजील्याण्ड र मिस थाइल्याण्ड शीर्ष १२ मा पुगेका थिए ।

जसबाट श्रृङ्खलालाई मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्ने अवसर थियो । तर तीन मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जितिन् ।