विराटनगर । मोरङको पथरीशनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल जलेर नष्ट भएको छ ।

शनिश्चरे शिविर सेक्टर के थ्री हट नं १४ का ४० वर्षीय टेकबहादुर राईको चिया तथा मिठाइको पसल जलेर नष्ट भएको हो । पसल पूरै जलेर नष्ट हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगो वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।