आलोक यादव , सिरहा, २०७५ मंसिर २३ गते । साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले आफू खुसी भ्रमण गरि सहकारीको ढुकुटी भ्रमणमै सकाइरहेका छन । उनिहरुले प्रसासनिक नियमाबलि बिपरित दोहोरो सुबिधा लिइरहदा सहकारीको भबिस्य नै अन्योल देखिएको छ ।

सहकारीले गरेको २२ औ बार्सीक साधारणसभामा आर्थिक २०७४/०७५ को बार्सिक प्रतिबेदन प्रस्तुत गर्नै लाग्दा सेयरधनिहरु भने आक्रोशित भएका थिए । जसमा संचालक समितिहरुलाइ आखाको तारो बनाइएको देखियो । सन्चालक समितिहरुले सहकारीको नियमाबलि मिचदै दोहोरो सुबिधा लिइरहेको पाइएको छ । बार्सिक प्रतिबेदन आ.ब.२०७४/०७५ मा सन्चालक समितीहरुले लिएको मासिक पारिश्रमिक रकम १लाख ८० हजार र फेरि बैठक भत्ताको नाममा लिएको रकम १लाख ८८ हजार ८ सय ५५ रुपैयाँ र लेखा समितिको नाममा देखाइएको रकम ५४ हजार लिएको देख्दा सेयरधनिहरु भने आस्चर्जमा पर्दै मन्चमा घेरा हाल्दै बिरोध गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सेयर धनि बिनोद यादबले यसको घोर भरत्सना गर्दै भने " अबेर सम्म गरेर अधिकतम सदस्यहरु गइसकेपछि सन्चालक समितिले केही सद्स्यहरुलाइ पैसाको प्रलोभन देखाइ साधारण सभा पास गर्दै आएको, सन्चालक समितिको समय सकिनै लाग्दा उप निर्बाचन गर्न आलटाल गरेको,भ्रमणमा जम्बो टोलि गइ अनावश्यक ढुकुटीको दुरुपयोग गरेको, भ्रमण बाट केही उपलब्धि नदेखिएको र कुल रकम ४ लाख २२ हजार ८ सय ५५ सन्चालक समितिको सेबासुबिधा मै खर्च भएको देख्दा सहकारिको भबिस्यनै अन्योलमा रहेको दाबी गरे । त्य्सतै, सेयरधनि राम नारायण ठाकुरले आन्तरिक लेखा परिक्षण चौमासिक हुनुपर्ने, सदस्य सुरक्ष कोष बाट आर्जित ब्याज रकम बर्समा दुई चोटि जेस्ठ नागरिकलाई सम्मान सवरुप प्रदान गर्नुपर्ने, कार्यालय सुपरिवेक्षण गर्न तीन जना को उच्चस्तरीय समिति बनाउन माग गरे ।