इलाम । सुर्योदय नगरपालिका– ७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका– ७ को सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा खाना सर्किएर सोही सहकारीका ४५ वर्षका कर्मचारी उदयमान चौधरीको मृत्यु भएको हो ।

खाना सर्किएर घाइते भएका चौधरीलाई तत्काल उपचारको लागि बिर्तामोड स्थित वि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।