व्यक्तिको यौन आकर्षण थुप्रै तरिकाले परिभाषित गर्न सकिन्छ। एउटै लिङ्ग प्रति, फरक वा एकसाथ दुई फरक लिङ्ग प्रति को यौन आकर्षण, यौन आकर्षण नै नहुनु वा आफुप्रतिको यौन आकर्षण । अहिलेसम्म व्यक्तिका १६ प्रकारका यौन व्यवहार देखिएको, पत्ता लागेको छ। यौन व्यवहार वा आकर्षणलाई यसरी वर्गिकरण गर्नु उचित होइन तर यस्तो वर्गिकरणले व्यक्तिले आफ्नो यौन व्यवहारको जानकारी पाउन सक्छ, आफ्नो यौन आकर्षणबारे थाहा पाउन सक्छन् । जान्नुहोस् यी प्रमुख ७ प्रकारका यौन झुकावमध्ये तपाई कता तर्फ झुक्नु भएको छ:
प्यानसेक्सुअल (Pansexual) यौन व्यवहारहरु मध्ये यसलाई सबैभन्दा तरल मानिन्छ। अर्थात यस्तो लैंगिकता भएका व्यक्ति सबैखाले लिङ्गका व्यक्ति तर्फ आकर्षित हुन्छन्। प्यानसेक्सुअल व्यक्ति केटा, केटी लगायत समलिङ्गी, उभयलिङ्गी सबैखाले लैङ्गिकता भएका व्यक्ति तर्फ आकर्षित हुन्छन्।
डेमिसेक्सुअल (Demisexual)
डेमि (Demi) को अर्थ हुन्छ आधा। अर्थात डेमिसेक्सुअल व्यक्ति लैङ्गिक र अलैंगिकको बीचको यौन अनुभवबाट गुज्रन्छन्।
कुनै अर्को व्यक्तिसंग बलियो भावनात्मक सम्बन्ध स्थापित भएपछि मात्र डेमिसेक्सुअल व्यक्ति शारीरिक सम्बन्ध तर्फ अघि बढ्छन्। यस्तो यौन झुकाव भएका व्यक्ति शारीरिक सौन्दर्यले मात्र अर्को व्यक्तितर्फ आकर्षित हुँदैनन्।
मोनोसेक्ससुअल (Monosezual/Heterosexual/Homosexual)
मोनो (Mono) को अर्थ हुन्छ एक। अर्थात मोनोसेक्सुअल व्यक्तिहरु कुनै एक लिङ्गका व्यक्ति तर्फ मात्र आकर्षित हुन्छन्। यसको दुई प्रकार हुन्छ, हेटेरोसेक्सुअल अर्थात विपरित लिङ्ग तर्फको आकर्षण (केटा केटी तर्फ, केटी केटा तर्फ) र होमोसेक्सुअल अर्थात एउटै लिङ्गैका व्यक्तितर्फको आकर्षण (केटा केटा तर्फ, केटी केटी तर्फ)।
बाइसेक्सुअल (Bisexual)
बाइसेक्सुअल व्यक्तिहरु दुवै लिङ्गका व्यक्ति तर्फ आकर्षित हुन्छन्। अध्ययन भन्छ, अधिकांस महिलाहरु बाइसेक्सुअल वा होमोसेक्सुअल हुन्छन्।
असेक्सुअल (Asexual) असेक्सुअल व्यक्तिहरुलाई न यौनको इच्छा हुन्छ न आवश्यकता नै। असेक्सुअल व्यक्तिहरु कुनै सम्बन्धमा बस्दैनन। न कुनै शारिरीक सम्बन्धको लागि इच्छुक नै हुन्छन्।
ग्रे-ए (Gray-A) ग्रे-ए वा ग्रे असेक्सुअल सेक्सुअल र असेक्सुअको बिचको अवस्था हो। तर यो डेमिसेक्सुअ भन्दा फरक हो। अर्थात ग्रे-ए व्यक्तिहरुमा यौन उत्तेजना निकै कम उत्पन्न हुन्छ। कुनै विशेष परिस्थितिमा उत्तेजित हुन सक्छन् तर निकै कम।
अटोसेक्सुअल (Autosexual)
अटोसेक्सुअल अथाव अटोइरोटिजम यस्तो यौन झुकाव अथाव व्यवहार हो जहाँ कुनै व्यक्ति आफै प्रति आकर्षित हुन्छ। यस्ता व्यक्ति ऐनामा आफैलाई हेरी आफ्नै नग्न शरिरको कल्पनामा उत्तेजित हुने गर्छन।









