बुटवल– प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अब सधैंको लागि भूमिहिनको समस्या समाधानको लागि प्रदेश सरकार लागिपरेको बताएकी छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ बुटवलको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै उनले भूमिहिन किसानहरुलाई भूमि भाडामा लिएर उनीहरुले लिएको भाडा सरकारले तिर्ने गरी करार खेती अघि बढाएको बताउँदै यसमा उत्साहित रुपमा सहभागी हुनको लागि आग्रह गरिन् । उनले भनिन्– ‘किसानहरुको समस्या सँधैभरिको लागि समाधान गर्नको लागि भूमिहिन किसानहरुलाई प्रोत्साहित गर्ने गरी योजना ल्याएका छौ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले भूमिहिन किसानहरुको लागि प्रदेश सरकारले ल्याएको करार खेतीको विषयमा बोलेका थिए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख उप–सचिव विनोद घिमिरेले भूमिहिन किसानको करार खेती सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै प्रशासन तथा सहकारी महाशाखा प्रमुख उपसचिव श्रीकृष्ण नेपालले सहकारी बजारको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु इन्द्रजित चौधरी, रेवतीरमण शर्मा, दामा शर्मा, सरस्वती गौतम, लमही नगरपालिकाका प्रमुख कुलप्रसाद केसी लगायतले आ–आफ्नो धारणा राखेका थिए । रातो पाटि बाट