आलोक यादव , सिरहा , २०७५ मंसिर २५ गते । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर (रतनसागर)मठका महन्त वैकुण्ठ दास वैष्णव भने मंगलवार अदालतमा आफ्नो बचाउ गर्ने भएका छन् । सरकारी कागजात किर्ते जालसाजी गरेको र ठगी गरेको दुईवटा फौजदारी मुद्दा लगाईएको दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतमा मुद्दा दर्ता गराउने भएको छ । दासमाथि किर्ते जालसाजीको मुद्दा संस्कृत विद्यापिठ(ज्ञानकुप)ले लगाएको छ ।

जिल्ला प्रहरी कार्यालयले तयार पारेको मुद्दामा महन्त दासले सरकारी मुल्यांकन अनुसार २ बिघा ११ कठ्ठा जग्गाको मुल्यांकन १६ करोड ठगी गरेको उल्लेख छ ।प्रहरीले उनीमाथि लगाएको मुद्दाको प्रयाप्त प्रमाणहरु रहेको दावी गरेको छ ।दासले गुठी संस्थान अन्तरगतको जग्गा किर्ते जालसाजी गरी बिक्री गर्न लागेको आरोप लगाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दासलाई प्रहरीले काठमाण्डुबाट उनलाई पक्राउ गरेको हो ।अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेपछि फरार भएका थिए ।

किर्ते जालसाजी मुद्दामा ५ वर्ष कैद र जरिवाना तथा ठगी मुद्दामा ७ वर्ष कैद र जरिवाना हुन सक्ने प्रावधान छ ।तीन वर्षको बढी सजाय तोकिएकालाई प्रायःथुनामा राखी मुद्दा चलाईने गरिन्छ ।

बजारको चलनचल्ती मुल्यांकन अनुसार झण्डै ५ अर्ब मुल्यांकनको उक्त जग्गाको मोही महलमा अशोक शर्मा र जग्गा धनी महलमा रामजानकी मन्दिर (रतनसागर) उल्लेख गरी किर्ते लालपुर्जा तयार गरी बिक्रीको प्रकृयालाई अगाडी बढाईएपछि ज्ञानकुपले मुद्दा हालेको थियो ।

जिल्ला प्रहरी कार्यालयले अदालतमा अभियोग पत्र सहित दासलाई उपस्थित गराउने अघिल्लो दिन उनका समर्थकहरुले जग्गाको मुल्यांकन गराई धरौटी राख्ने तयारी गरेका छन् ।वैकुण्ठ दासको नाउँमा जनकपुर उपमहानगर पालिकाको वडा नम्बर ८ मा रहेको ३ कठ्ठा जग्गाको मुल्यांकन गराएको छ ।

वैकुण्ठ दास धरौटीमा रिहा हुने विश्वास उनका समर्थकहरुको छ ।उनीहरुले तत्काल नै धरौटी वापत जग्गा राख्ने तयारी गरेका छन् ।महन्त दासले उक्त जग्गा कुन स्रोतबाट खरिद गरेको भने प्रश्न उठेको छ ।गुठी र मठमन्दिरको जग्गामा वस्ती बसाएर आफ्नै नाउँमा ‘वैकुण्ठ नगर’ बनाएको उनीमाथि आरोप छ ।

किर्ते गरिएको जग्गा आफ्नो भएको दावीगर्दै बैकुण्ठ दास र उनका मतियार अशोक शर्माले अदालतमा मुद्दा दायर गरेका थिए ।उनीहरुले अदालतमा पेश गरेको लालपुर्जा नै नक्कली पाईएपछि प्रहरीले किर्ते जालसाजी र ठगी मुद्दा चलाएको हो ।प्रहरीले तयार गरेको अभियोग पत्रमा उनले अदालतलाई समेत ठगेको आरोप लगाईएको छ । बैकुण्ठ दासले बिक्री गरेको जग्गाहरुको कुनै प्रमाण पुर्जा रहेको छैन् ।पछिल्लो पटक उनले डेढ कट्ठा जग्गा पाँच वर्षको लिजको नाउँमा एकजना मन्सुर आलमलाई बेचेको आरोप छ । सो जग्गामा मन्सुरले नक्सा पास बिना नै पास।