काठमाडौं, २५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ गाडीमा सवार हुन थालेकी छन् । ७० औं विश्व मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले सोमबार सिंहदरबारमा आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति नयाँ विद्युतीय कारमा आएकी थिइन् ।
नयाँ विद्युतीय कार करिब ५५ लाख रुपैयाँमा खरिद गरिएको गृह मन्त्रालय स्रोतले जानकारी गराएको छ ।
यसअघि राष्ट्रपति कार्यालयको प्रयोजनका लागि करिब १४ करोड रुपैयाँका विभिन्न मोडलका ६ वटा कार किन्ने नेपाली सेनाले जनाएको थियो । त्यसका लागि अर्थ मन्त्रालयमा प्रस्ताव आएको थियो । तस्बिर ः कुन्दन अर्याल










