दमक/दमक– ४ स्थित चियादोकान सडकखण्डमा अघि साँझ बस र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाइकल चालक मोरङको केरावारी गाँउपालिका ९ सिंहदेवी घर भएका ४८ बर्षिय देवीप्रसाद राईको मृत्यु भएको छ ।

उहाँको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो ।पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे.२ प. ३३०१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना.४ख.६७८२ नम्बरको यात्रुबाहक बस साँझ साढे ५ वजे तिर एक आपसमा जुधेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।