उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । यादवले मंगलबार भारतको नयाँ दिल्लीमा मोदीसँग भेटघाट गरेका हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार नयाँ दिल्लीमा पाटनर्स फोरमको कार्यक्रममा भाग लिन गएका यादव र कार्यक्रममा प्रमुख अतिथी रहेका भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी र नेपालका उपप्रधानमन्त्री यादव लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम भोलि विहीबार सम्म चल्ने बताइएको छ ।