नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।

यसअघि तेस्रो पटकसम्म बस्न नसकि बैठक स्थगित हुदै आएको थियो । प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक आज ९ बजेसम्मका लागि स्थगित गरिएको हो । योसमेत गरी संवैधानिक परिषद्को बैठक तेस्रो पटक स्थगित भएको थियोे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा विपक्षी दलका नेता देउवा उपस्थित नभएपछि आज बिहान सम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बैठकमा सहभागी हुन संवैधानिक परिषद्का सबै सदस्य निर्धा्रित समयमै पुगे पनि कांग्रेस सभापति देउवा उपस्थित हुनुभएको थिएन् । संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

न्याय परिषद्ले यसअघि नै वरिष्ठ न्यायाधीशद्वय चोलेन्द्र शमशेर राणा र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा पठाएको छ । सामान्यतः एक महिना अघि नै नियुक्तिको सिफारिस गर्ने चलन भए पनि संवैधानिक परिषदको बैठक नै बस्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसमा विलम्ब हुँदै गएको छ ।