काठमाडौँ । प्रधानन्यायाधीशमा सर्वाेच्चका वरिष्ठ न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम सिफारिस भएको छ । बिहीबार (आज) बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको हो ।

यता कांग्रेसका सभापति शेरबहादुर देउवा भने संवैधानिक परिषद्को बैठक अनुपस्थित रहेका थिए । अब संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट सपथ गराउने संवैधानिक व्यवस्था रहेको छ । न्यायपरिषदले प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायधीश दिपकराज जोशीकोे नाम पनि पहिलो नम्बरमा पठाएको भएपनि जोशीको नाम सिफारिस हुन सकेन । मिडिया एन्पी बाट साभार