राजविराज, २७ मंसिर – सप्तरीको रुपनी गाउँपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
स ५ प १६५३ नम्बरको मोटरसाइकल पश्चिमतर्फ जाँदै गरेको अवस्थामा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिराहाको सखुवानकट्टी गाउँपालिका १ का २३ वर्षीय रितेश चौधरी घाइते भएका थिए।
राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएका चौधरीको बुधबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भावेश रिमालले जानकारी दिए।










