दमक/झापाको केर्खामा केहिबेर अघि भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ भने २ जना गम्भिर घाइते बनेकाछन् । तेह्थुम जलजलेका पुर्णराज लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकआपसमा दूइवटा मोटरसाइकल जुध्दा सुनसरी इटहरीका बिमन श्रेष्ठ र सनोज श्रेष्ठ घाइते बनेको बताईएको छ । दुबैजनालाइ थप उपचारका लागि न्यूरो रेफर गरिएको लाइफलाइन अस्पताल दमकले जनाएको छ ।