दमक/कमल गाँउपालिका वडा नं. ५ रतुवापुल नजिक पूर्वबाट पश्चिम आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाईकल दुर्घटनामा परेर गम्भिर घाइते बनेका एक युवाको पहिचान नखुल्दा उपचारमा समस्या भएको छ ।
दमक वडा नं. ३ का वडाध्यक्ष नबिन बरालका अनुसार घाइतेका आफन्त कोहि पनि पहिचान हुन सकेको छैन । अस्पतालबाट बरालले जनाए अनुसार उनको मोटरसाइकलले ठक्कर दिदा ५० बर्षिय ईन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको थियो । पहिचान नभएका युवा भने गम्भिर घाइतेछन् ।










