दमक/ दमक रतुवा पुलमा साँझ एउटा स्कारपियो गाडि बिग्रीएपछि २ घण्टाभन्दा ट्राफिक जामले धेरैले दुख पाए । पश्चिमबाट पुर्व जाँदै गरेको स्कारपियो गाडिको चक्का पुलको बीच भाग नजिक फुस्किएपछि सवारी साधनहरुको लामो जाम लागेको थियो । यस्तो दुर्घटना भएपनि कसैलाइ केहि नभएको जनाईएको छ ।
दुर्घटनाको भयका कारण इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालमात्र होइन जिल्ला ट्राफिक प्रहरी कर्यालय झापाका प्रमुख राजेश राइ पनि खटिएका थिए । ५बजेदेखि ७ बजेसम्म सवारी जाम भएको थियो ।
हजारौ मोटरसाइकल, सयौ अन्य गाडिहरुका लाइन लागेको थियो । कमल गाँउपालिकाको पाडाजुंगी र दमकतर्फ क्याम्पसमोडसम्म गाडिको लस्कर लागेको थियो । बेलुका ८ बजेपछि मात्र यातायात सामान्य अवस्थामा पुगेको बताइएको छ ।










