पुल्चोकमा स्कोरपियो गाडीको दुर्घटना भएको छ।

शनिबार अपरान्ह करिब ३ बजेतिर बा १६ च ७९७७ नम्बरको स्कोरपियो अनियन्त्रित भई पुल्चोकको बीच बाटोमै पल्टिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुपण्डोलबाट जावलाखेलतर्फ आउने क्रममा सो दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेल जानकारी दिएको छ।

गाडीमा सवार दुई जनाको सकुशल नै उद्धार गरिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार गाडीमा सवार दैलेख घर भएका ५३ वर्षीय कृष्णबहादुर बडुवाल र उनका छोराको सकुशल उद्धार गरिएको हो।

गाडीको क्षति भएता पनि मानव क्षति भने नभएको प्रहरीले बताएको छ।