आलोक यादव ,सिरहा, २०७५ पौष १ गते । सिरहाको नरहा गाउँपालिका र बरियारपट्टी गाउँपालिकाका विभिन्न परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । नेप्लीज कम्युनिटि अफ रोड्स भर्जिनिया अमेरिकाको आर्थिक सहयोगमा परोपकारी यूवा संजाल नेपालले शनिवार दुवै गाउँपालिकाका १ सय २० विपन्न परिवारलाई कम्वल, टाउजर र स्वीटर वितरण गरेका छन् ,
दुवै गाउँपालिकाका अति विपन्न रहेका मुसहर समुदायलाई उक्त न्यानो लुगा वितरण गरिएको ,आर्थिक अबस्थाका कारणले गर्दा जाडाेमा दु:ख खेपनु परेका छ , एसले गर्दा केही सहयोग पनि हुन्छन् ,संजालका अध्यक्ष तिर्थराज प्याखुरेलले बताए । स्थानीय युवाहरुको समन्वयमा संजालले सिरहाका नरहा गाउँपालिका वडा नम्बर ४ को ललभितिया र बरियारपट्टी ४ को तेनुवापट्टीका विपन्न परिवारलाई न्यानो लुगा वितरण गरेको नरहाका रामकिशोर यादवले बताए ।










