दमक, पुस १
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको इकाइ समिति गठन हुन थालेका छन् । दमकमा भएको स्टेशनरी व्यवसायीको भेलाले झापा ५ को इकाइ समिति गठन गरेको हो । जसमा दमक, गौरादह, गौरीगन्ज र कमल गाउँपालिकाका व्यवसायी सहभागी थिए ।
गठित इकाइ समितिको अध्यक्षमा राजन खड्का, उपाध्यक्षमा सुर्यबहादुर बस्नेत, सचिवमा तीर्थ नेपाल र कोषाध्यक्षमा नेत्र पोखरेल चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा ज्ञानु श्रेष्ठ, रुपक श्रेष्ठ, कमल संग्रौला र इन्द्र गौतम सदस्य रहेका छन् । पछी २ सदस्य अर्को बैठकले चयन गर्ने अध्यक्ष खड्काले बताए ।
त्यस अबसरमा जिल्ला सचिव युवराज पौडेलले संगठनको अवस्था र आगामी प्रदेश, केन्द्रीय अधिवेशनको व्यवस्थापानका बारेमा जानकारी गराएका थिए । संगठनका पूर्व जिल्ला अध्यक्ष श्याम ढकाल र फणिन्द्र न्यौपानेले इकाइ समितिको अवधारणका बारेमा प्रष्टाएका थिए । संघले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रलाई आधार मानेर माघ भित्र इकाइ समिति गठन गर्ने गरि पदाधिकारीलाई जिम्मेवारी प्रदान गरेको जिल्ला अध्यक्ष देशवन्धु ढगेलले बताए ।










