इटहरी / इटहरीको पचरुखीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउदै गरेको को १ त ५६८५ नंम्बरको ट्रेक्टरले को २२ प ६०७१ को बाईकलाई ठक्कर दिदा सुनसरी बराहक्षेत्र नगरपालिकाका १० प्रकासपुर निवासी बर्ष ४० का शालिग्राम निरौलाको मृत्यु भएको हाे । निरौलासगै रहेका बराहक्षेत्र ९ का हेमराज कोइराला गम्भीर घाइते भएका छन् ।
निरौलाको उपचारको क्रममा इटहरीस्थित एपेक्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक प्रहरीकाे नियन्त्रणमा रहेकाे छ। निरौला रामधुनी बचत तथा ऋण सहकारी संस्थाका ब्यबस्थापक भएको बताइएको छ । पुर्बेली न्यूज बाट










