दमक/झापाको कमल गाँउपालिका वडा नं. ५ मा केहिबेर अघि आइतवार बेलुका सवारी दुर्घटना हुदा एकजना गम्भिर घाइते भएकाछन् । कमल गाँउपालिका वडा नं. ५ निर्मल बस्नेत घाइते भएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालले बताए । उनका अनुसार घाइतेको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

बस्नेतले कुदाएको स्कुटरले पीकअप भेनलाइ ठक्कर दिएको जनाईएको छ । पुर्व पश्चिमराजमार्ग अन्र्तगत सितापुरी सडक खण्डमा दुर्घटना भएको हो । विस्तृत विवरण भने आएको छैन ।