दमक/गयराती झापाको कमल गाँउपालिका वडा नं. ८ सावित्री चोकमा सडक दुर्घटना भएको छ । साबित्रीचौक पुर्वपश्चिम राजमार्गमा ना.६ ख.९४९१ न।को सिमेन्ट बोकेको ट्रक बिग्री सडकको छेउमा रोकिराखेकोमा सोही दिशाबाट जादै गरेको मे.६ प.४९७३ नम्बरको मोटरसाइकल पछाडीबाट ठक्कर खाएको जनाईएको छ ।

मोटरसाइकल चालक झापा कमल गाँउपालिका २ बस्ने बर्ष २९ को खेम तिवारी घाईते भई लाईफलाईन हष्पिटल दमकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।