नेपाली चलचित्र इतिहास मै सबै भन्दा धेरै सिक्वेल चलचित्र निर्माण गरेका निर्देशक विकास राज आचार्यले नयाँ चलचित्रको छायंकन सुरु गरेका छन् । काठमाडौँको मैतिदेवि मन्दिरमा पुजा गर्दै चलचित्रको छायंकन सुरु गरिएको हो । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘हजार जुनी सम्म’ राखिएको छ । गायक उदय सोताङ तथा गायिका मनिला सोताङको गीत ‘हजार जुनी सम्म’ बाट सापटी लिएर यो चलचित्रको नाम राखिएको हो ।

आइतबार बालाजु स्थित एन एफ डिसीको हलमा चलचित्रमा समाबेश रहने एक गीतको छायंकन समेत गरिएको छ । प्रल्हाद तिमल्सीना र मिना निरौलाको स्वरमा रहेको लोक शैलीको गीत छायंकन गरिएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गीतमा चलचित्र छक्का पञ्जा ३ कि निर्देशक समेत रहेकी हास्य कलाकार दिपाश्री निरौला, हास्य हास्य कलाकार शिवहरी पौडेल, नायक आर्यन सिग्देल र नव नायक अकी प्रधानलाई फिचर गरिएको छ । गीतमा दिपाश्री निरौलालाई भट्टिकी साउनीका रुपमा प्रस्तुत गरिएको छ भने सिबहरी पौडेल ग्राहाकका रुपमा प्रस्तुत भएका छन् ।

विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाले संयुक्त रुपमा लेखेको चलचित्रमा नायिका निरुता सिंह, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत लगायतका कलाकारहरुको समेत अभिनय रहने बताइएको छ । गफगाफबाट