काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् सचिवालय सदस्य वामदेव गौतम सोमवारको स्थायी कमिटी बैठकमा कडा रुपमा प्रस्तुत भएका छन् ।
शनिवारको बैठकमा फरक मत प्रस्तुत गरेका गौतमले सोमवारको वैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोखे ।
पार्टीमा आफूले प्रस्तुत गरेको फरक मतलाई सार्वजनिक कार्यक्रममार्फत टिप्पणी गरिएको भन्दै सोमवारको वैठकमा आक्रोश पोखे ।
शनिवारको वैठकमा नेता गौतमले पार्टी सञ्चालनको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिनुपर्ने आसयको फरक मत राखेका थिए । आइतवार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले गौतमको फरक मतलाई संकेत गर्दै भनेका थिए, ‘संविधानले मिल्दैन, नत्र दुईओटा प्रधानमन्त्री बनाउन पनि हुन्थ्यो ।’ प्रधानमन्त्री ओलीको ‘व्यंग्य’ले आक्रोशित बनेका नेता गौतमले सोमवारको वैठकमा संविधान संशोधन गरेर दुईटा प्रधानमन्त्री बनाउन मिल्ने प्रावधान राख्न चुनौती दिए ।
प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले पार्टीको वैठकमा राखिएको आफ्नो फरक मतको मजाक उडाइएको भन्दै सोमवारको वैठकमा गौतमले आक्रोश पोखेका थिए । ‘पार्टीको आन्तरिक वैठकमा राखेको फरक मतबारे प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गर्न सुहाउँछ,’ गौतमको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘मिल्ने भए दुवैजना प्रधानमन्त्री हुने थियौं भन्ने ? तपाईंसँग दुई तिहाई बहुमत छँदैछ, संविधान संशोधन गरेर दुवैजना प्रधानमन्त्री बन्नुहोस् न !’
लोकान्तर बाट









