काठमाडौ । नेपाली कांग्रसको महासमिति बैठकमा कुटाकुट भएको छ । विधानको बिषयलाई लिएर महासमिति सदस्यहरुबीच कुटाकुट भएको हो ।
मंगलबारको बैठकमा केन्द्रीय सदस्य डा प्रकाशशरण महत र नुवाकोटका सभापति जगदीशनरसिंह के.सीबीच हात हालाहाल भएको छ ।
बैठकमा अधिकांश महासमिति सदस्यहरुले मुलुकलाई हिन्दूराज्य बनाइनु पर्ने धारणा राखेका छन् । शनिबारदेखि शुरु भएको बैठकमा प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ७ सय सहभागी छन् । सहभागी दुई तिहाई सदस्यले हिन्दूराज्य बनाइनु पर्ने आवाज उठाएका छन् ।
महासमिति सदस्यबीच कुटाकुट भएपछि बैठक स्थगित भएको छ । जनता समाचार बाट










