जय गुरु देव !! नारायण !! जय भोले बाबा !! जय माँ दुर्गा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस ४ गते,बुधबार, इश्वी सन् २०१८ डिसेम्बर १९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– द्वादशी, २७:५२ बजेउप्रान्त त्रयोदशी,नक्षत्र– भरणी, २६:२४ बजेउप्रान्त कृत्तिका,योग– शिव, २०:३९ बजेउप्रान्त सिद्ध,करण– वव, १६:०६ बजेदेखि वालव, २७:५२ बजेउप्रान्त कौलव,आनन्दादिमा काण योग,चन्द्रराशि– मेष, सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २५ घडी ५० पला। सर्वार्थसिद्धि योग २६:२४ बजे प्रारम्भ।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस ५ गते,बिहीबार,इश्वी सन् २०१८ डिसेम्बर २० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– त्रयोदशी, २७:०३ बजेउप्रान्त चतुर्दशी,नक्षत्र– कृत्तिका, २६:१३ बजेउप्रान्त रोहिणी,योग– सिद्ध, १८:५४ बजेउप्रान्त साध्य,करण– कौलव, १५:३१ बजेदेखि तैतिल, २७:०३ बजेउप्रान्त गर,आनन्दादिमा लुम्ब योग,चन्द्रराशि– मेष, ८:२४ बजेउप्रान्त वृष,सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २५ घडी ५० पला। प्रदोष व्रत।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ ,विश्वासको वातावरण बन्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ,आजको शुभ अंक ४ रहेको छ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,बरु सानातिना कामको झमेला आउनसक्छ,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,चोटपटक को सम्भावना छ ,पारिवारिक जीवन सामान्य रहने छ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ११ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बोलीमा विचार पुराउनु होला,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, महत्वपूर्ण काममा ध्यान दिनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,आत्म–विश्वास बढ्नेछ ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ,पारिवारिक जमघटमा मन रमाउनेछ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवारमा खुशी छाउनेछ,रिकियाका कम हरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ ।रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
श्रमबाट प्रशस्त धन लाभ हुनेछ,रोजगारीमा सफलता मिल्ने छ ,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक ३ रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,पारीवारिक सहयोग बढ्ने छ,आत्मबल बढ्ने बेला छ,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,जिबन साथी सग छुटिनु पर्ला,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ,पारिवारिक किचलो हुनेछ,आजको शुभ अंक १० रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ , टाढाको यात्रा सम्भावना छ,आजको शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समय राम्रो छ, शुभ कुराको सङ्केत मिल्नेछ ,मेलमिलापको भावना राम्रो हुनेछ, अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक १० रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसम्मानमा बृद्धि हुनेछ,रोकियाका कामहरु बन्ने छन्, महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,सहयोगीहरूले काममा साथ दिनेछन्,आजको शुभ अंक ७ रहेको छ।










