काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजधानिमा जारी स्थायी कमिटी बैठकमा मंगलबार पनि बोल्ने अधिकाशं नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

बैठकमा बोल्दै स्थायी कमिटी सदस्य तथा युवा नेता योगेश भट्टराईले अध्यद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन अहिलेको आवश्यकता अनुसार नभएको बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता भट्टराईले पूर्वएमालेको गुटबन्दीका कारण संगठनिक एकता अड्किएको दाबी समेत गरेका छन् । पार्टी एकताको नाममा एउटा विचार समूहका नेताहरुलाई लेखेट्ने, सिध्याउने काम भइरहेको बताए । भट्टराईले भने, ‘मान्छे त लखेट्नु होला तर, ती मान्छेको भूतले सपनामा पनि लखेट्छ । चैनले सुत्न पनि पाउनुहुन्न ।’

नेता भट्टराईले पार्टीमा पछिल्लो समय दाउपेच, धोकाधडी भइरहेको र नेताहरुमा विश्वास नदेखिएको समेत बताए । महासचिव भएको मान्छेलाई आफ्नो पद जाने एक सेकेण्ड अगाडि मात्र थाहा हुने अवस्था आएको भन्दै भट्टराईले भने, ‘तपाईंहरुको बीचमा कुनै सम्झौता छ भने पालना गर्नुस तर, त्यसका कारण पार्टीमा रँडाको नगर्नुस ।’

केपी ओली १४ वर्ष जेल बसेर आएको र प्रचण्ड हरेक क्षण मृत्युसँग लडेर आएको नेता भएको भन्दै उनले भने, ‘यसको हामी सधैं सम्मान गर्छौ । तर, यो तहमा बसेका नेताहरुले यतिधेरै गुटबन्दी गर्न सुहाउँदैन । तर , त्यही भइरहेको छ ।’

नेता भट्टराईले पार्टीमा गुट उपगुटले ठुलोरुप लिएको भन्दै उनले भने, ‘क–कसलाई सिध्याउने, क–कसलाई बचाउने भन्दा भन्दै ढिला भयो । एकीकरणले पूर्णता नपाउँदै गुटबन्दीले पार्टीलाई सिध्याउँछ । खासगरी पूर्व एमालेका नेतृत्वले यसको समीक्षा गर्नुपर्छ ।’

भट्टराईले राजनीतिक प्रतिवेदन पुनर्लेखन गर्नुपर्ने बताए । साथै नेता वामदेव गौतमको प्रतिवेदनमा कतिपय राम्रा कुरा भएको तर, केपी ओलीसँग सम्बन्ध बिग्रिएका कारण फरक मत आएको हो भने बस्तुगत आधार नै गलत हुने बताए ।यसकाठमान्डू बाट