आलोक यादव , सिरहा,२०७५ पौष ०४ गते ।
धनुषाको हंसपुरबाट बेचन मुखिया हतियार सहित पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको गस्ती टोलीले मुखियालाई बुधबार बिहान हंसपुरबाट पक्राउ गरी अनुसन्धान गरी रहेको छ । पक्राउ परेको मुखियाबाट १ थान पेस्तोल र ६ राउण्ड गोलि समेत बरामद भएको प्रहरी श्रोतले जनाएको छ ।
हतियार सहित पक्राउ परेको मुखिया बारे केहि बेरमा पत्रकार सम्मेलन गरी जानकरी गराउने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले बताए ।










