दमक । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सामुदायिक क्याम्पसहरुको समस्या सामधान गर्नका लागि आवश्यक प्रक्रिया थालनी गरेको बताउनु भएको छ । झापा लगायत प्रदेशभरका सामुदायिक क्याम्पसहरुको अवस्था दयनीय रहेको पाएको जनाउदै यसको ब्यवस्थापन गर्न प्रदेशस्तरीय विश्वबिद्यालय स्थापना गर्ने बिषयमा छलफल अघि बढेको उहाँले जानकारी दिनु भयो ।
गौरीगन्ज गाउँपालिका स्थित गौरीगंज बहुमुखी क्याम्पसको २७ औ वार्षिकोत्सब कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस बिषयमा जानकारी दिनु भएको हो । प्रदेश नं १ मा ७० वटा पब्लिक क्याम्पस रहेकाछन् यपसलाइ यी सबैलाइ ब्यवस्थित गर्नका लागि विश्वबिद्यालय खोल्नका लागि प्रयासरत रहेकाछौ, कार्कीले भन्नुभयो ।
आर्थिक बिकास र सम्बृद्धि शिक्षाबाट नै सम्भव भएकाले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले आवश्यक नीति, नियम र कानून बनाउन समेत लागिरहेको कार्कीको भनाइ थियो । शिक्षा क्षेत्रको सुधार र प्राविधिक शिक्षामा प्रदेश सरकारको चासो रहेको छ, मन्त्री कार्कीले भन्नुभयो । परम्परागतभन्दा पनि समयसापेक्ष उच्च शिक्षामा ध्यान दिनु पर्नेमा उहाँको जोड थियो ।
गाँउपालिका अध्यक्ष समेत रहनु भएका गौरीगन्ज बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा श्रेष्ठले क्याम्पसको अवस्थामा सुधार ल्याउन प्रदेश सरकारसंग माग गर्नु भएको थियो । आदिबासी समुदायको बाहुल्यता रहेको यस क्षेत्रको पुरानो क्याम्पस बिद्यार्थी नहुनेदेखि लिएर अन्य ब्यवस्थापकीय समस्याका कारण बन्द हुने अवस्थामा पुग्न लागेको बताइदै आइएको छ ।










