काठमाडौँ – मंगलबारदेखि विद्यालयबाट बेपत्ता ६ वर्षीय बालक विद्यालयकै सेफ्टी ट्यांकीमा मृत फेला परेका छन् ।सेफ्टी ट्यांकीमा मृत अवस्थामा फेला परेका बालक दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका वडा नम्बर ३ का ६ वर्षीय हिक्मत शाही रहेका छन् । उनी मंगलबार बिहान स्कुल गएर घर नफर्केपछि खोजीकार्य गरिएको थियो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार खोजि गर्र्दा शाहीको शव सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको बताइएको छ । दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका शाहीका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापार गर्दै आएका छन्। विद्यालयकै सेफ्टी ट्यांकीमा बालकको शव भेटिनु रहस्यमय भएको भन्दै अनुसन्धान जारी रहेको डीएसपी पोखरेलले बताएका छन् ।










