काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठकमा नेताहरुले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग राखेका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा आज पनि बसेको स्थायी कमिटी बैठकमा नेताहरुले जनपेक्षा अनुसार सरकारको काम नभएको भन्दै मन्त्री हेरफेर गर्नुपर्ने बताएका हुन् ।

शनिवारदेखि सुरु भएको छलफलमा नेतृत्व र सरकारको आलोचना गरिरहेका नेताहरुले प्रधानमन्त्री स्वयंले सरकारको समीक्षा गर्दै मन्त्री हेरफेर गर्नुपर्ने बताएका हुन् । मन्त्रीहरुको कामको मूल्यांकन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुका साथै काम गर्ने शैलीमा पनि परिवर्तन ल्याउनुपर्ने माग राखेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै बैठकमा नेताहरुले पन्तले नेताहरुले आफू मातहतका व्यक्तिलाई राखेर प्रदेश कमिटी बनाएकोमा नेतृत्वको आलोचना समेत गरेका थिए । त्यसैगरी, पार्टी र सरकारबीच अन्तरक्रिया नभएको जनाउँदै सरकार र पार्टीका नेताको एसिया प्यासिफिक समिटमा सहभागितामाथि पनि टिप्पणी गरेका थिए । बैठक भोलि पनि जारी रहनेछ ।