विराटनगरको नोबेल मेडिकल कलेजमा बुधबार अनौठो बच्चाको जन्म भएको छ । भारत निवासी ४० वर्षीय इफ्रात बानुले आँखा, नाक नभएको अनौठो बच्चालाई जन्म दिएकी हुन् । बच्चाको दुवै आँखा र नाक छैन ।

अनुहारको बनावटअनुसार टाउकोकाे आकार ठुलो रहेकाे छ । नोबेल मेडिकल कलेजकी स्त्री तथा प्रसुती विभागकी प्रमुख डा. शान्ति सुवेदीका अनुसार यस्ता बच्चा १८ हजार जन्ममध्ये एक जन्मने गर्छन् । चिकित्सकीय भाषामा यस्तो समस्यालाई साइक्लोपिया भन्ने गरिन्छ । उनका अनुसार बच्चा जन्मेको केही घण्टापछि मृत्यु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बानुका पाँच बच्चामध्ये यो छैठौँ बच्चा हो । डा. सुवेदीका अनुसार नियमित स्वास्थ्य परीक्षणमा राम्रै देखिएको भए पनि पछिल्लो समय परीक्षण गर्दा टाउको राम्रोसँग देखिएको थियो । तर, सामान्य पानी जमेको अनुमान लगाइएको थियो ।

चिकित्सकले बिहान ४ बजे बानुलाई पाइपको माध्यमबाट छिटो बच्चा जन्मने बेथा लगाएका थिए । सोहीअनुसार बिहान करिब १० बजे छोराको जन्म भए पनि आँखा, नाक नभएको उनले बताइन् । डा. सुवेदीले याे समस्या व‌ंशाणुगत हुने बताइन् । नयाँ पत्रीका बाट