दमक/झापाको दमकमा आउदो माघ १४ गते शुरु हुने बृहत प्रादेशिक बाल महोत्सवको तयारी तीब्र भएको छ । बिभिन्न बिषयगत उपसमितिहरुको सक्रियता र मूल समितिको संयोजनकारी भुमिका बढ्दै गएको छ ।
बालमहोत्सवको प्रमुख आकर्षणको रुपमा रहने बिज्ञान प्रदर्शनी सहितका प्रतियोगीताहरुलाइ ब्यवस्थित बनाउन उपसमितिहरुलाइ नै जिम्मेवारी प्रदान गरेर काम अघि बढिरहेको महोत्सव मुल आयोजक समिति संयोजक एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताएकीछन् ।
१ लाख बालबालिका तथा अभिभावकको सहभागिता अपेक्षा गरिएको बाल महोत्सवलाइ भब्य र सभ्य बनाउनका लागि सरोकारवाला निकायहरुसंग बिभिन्न चरणका छलफलहरु भइरहेको अधिकारीले जनाएकीछन् ।










