भद्रपुर, ५ पुस – नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुप्रै जिम्मेवारीमा रहेका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन भएको उनकी पत्नी गीता भण्डारीले जानकारी दिइन् । ‘हिजो बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्कनुभएको थियो, त्यसपछि उहाँसँग सम्पर्क हुनसकेको छैन’, उनले भनिन् ।

नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाडेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उनि सम्पर्कविहीन भएको खबर आएलगत्तै खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार बिहान ८ बजेतिर घर नजिक रहेको हिमालयन मल्टिपल कलेजमा आएर नेता भण्डारी फर्किएको कलेजका सञ्चालक भाष्कर निरौलाले बताए । प्रहरी नायब उपरीक्षक श्रेष्ठले नेता भण्डारीको मोबाइलको कल डिटेल लिने र उनिसँग आर्थिक कारोवार भएकाहरुसँग बुझ्ने कार्य भइरहेको जानकारी दिए ।

मेचिनगर नगर पालिका वडा नम्बर १० मा बसोबास गर्नु हुने  दिपक भन्डारी हिजो मिति २०७५-०९-०४ गते बिहान १० बजे बाट परिवार को सम्पर्क भन्दा बाहिर हुनुहुन्छ

मोबाइल तथा मोटरसाइकल घरमा नै छोडी बाहिर निस्कनु भएको हुदा वहा कतै अफ्ट्यारोमा पर्नु भयो कि भन्ने परिवार को चिन्ता रहेको हुदा देख्नु वा चिन्नु भएको माहानुभाब हरु ले नजिकैको प्रहरी लाई वा ९८५२६७३२२६ सम्पर्क गरि सहयोग गरिदिनु हुन सादर अनुरोध ।