तुलसीपुर उपमहानगरपालिकाले गुरुङहरूको पर्व तमु ल्होसार र थारु जातिको पर्व माघीमा बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको ४९ औं बैठकले स्थानीय पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तमु ल्होसारको अवसरमा पुस १५ गते र माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय पारित भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघीयता कार्यान्वयन भएपछि स्थानीय तहले यसरी पहिलो पटक आफैं सार्वजनिक बिदा दिने निर्णय पारित गरेको नगरपालिकाले जनाउको छ । कार्यपालिका बैठकले शिक्षा बजेट समेत पारित गरेको मेयर छ। टिभी अन्नपूर्ण बाट