विराटनगर : कोसी राजमार्ग अन्तरगत विराटनगरको बरगाछीमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ र ३ को सीमानामा भएको दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–१० की २२ वर्षीय हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा हिमाका पति २६ वर्षीय मनोज कार्की घाइते भएका छन् । मनोजको विराटनगरको लाइफगार्ड अस्पतालमा उपचार भइरहेको छ । व्यक्तिगत कामले विराटनगर आएका पति–पत्नी साँझ पथरीशनिश्रचेस्थित घरतर्फ फर्कँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको पति–पत्नी सवार को २८ प ३८५६ नम्बरको मोटरसाइकल सडकको बीचमा लेन छुट्याउन राखिएको डिभाइडरमा ठोक्किएको थियो ।

उनका अनुसार डिभाइडरमा ठोक्किएपछि मोटरसाइकलको पछाडि सवार हिमा उछिट्एर सडकमा गुडिरहेको नेपाल आयल निगमको ना ७ ख ४६२३ नम्बरको ट्यांकर मुनि पुगेकी थिइन् । सोही ट्यांकरले किचेर हिमाको मृत्यु भएको बताइएको छ । इन्धन लोड भएको ट्यांकर दक्षिणबाट उत्तरतर्फ जाँदै थियो । ट्यांकर चालक फरार रहेका कारण खोजी भइरहेको र ट्यांकरलाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अन्नपूर्ण  पोस्ट बाट