दमक/हिजो साँझ विराटनगरमा दुर्घटना हुँदा पथरी पीपलचोककी २२ वर्षीय हीमा विष्ट कार्की को मृत्यू भएको छ । भारतको जोगवनीबाट आयल निगमको क्षेत्रिय डिपोतर्फ आउदैँ गरेको ट्याङ्करमा ठोकिदा कार्कीको मृत्यू भएको जनाइएको छ ।

विराटनगर स्थीत बरगाछीमा को २८ प ३८५६ नम्बरको मोटरसाईल र ना ७ ख ४६२३ नम्बरको ट्याङकर एक आपसमा ठोक्किदा उनको घटनास्थलमा नै ज्यान गएको बताइएको छ । मोटरसाईकल चालक २६ बर्षिय मनोज कार्की घाईते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ । पथरी शनिश्चरे १इ पीपलचोककी मृतकको एकसाता अघिमात्र विवाह भएको बताईएको छ ।