काठमाडौ । उदयपरकी एक साहसी महिलाले सुत्केरी भएको भोलिपल्ट नै गाडीको ‘ट्रायल पास गरेकी छिन् । उनले विद्युत प्राधिकरणमा सरकारी जागिर खानको लागी फर्म भरेकाले यसरी हस्पिटलबाटै सुत्केरी अवस्थामै बच्चा च्यापेर आएर गाडीको ‘ट्रायल दिएकी थिइन् ।
उनको नाम देवी कार्की हो । कक्षा ९ सम्म गाउमा पढेकी उनले पुरानो छोरीलाई पढाउनु हुन्न भन्ने कुरालाई तोड्दै माथिल्लो लेभलको पढाई गरेकी थिइन् । त्यसपछि उनले नेपालकै पहिलो टेम्पो चालक सुमित्रा दंगालबाट प्रेरणा पाई ड्राभिङ्ग सेन्टरमा नै बसी सिप सिकेकी थिइन् । उनले त्यहा बसेर काम गर्दा धेरैलाई आफ्नो गाडी चलाउने सिप पर्नि सिकाएको बताउछिन् । त्यसका साथै पछि उनी आफैंले सन्देश महिला ड्राइभिङ सेन्टर खोलेर पनि चलाएकी थिइन् ।
त्यसैगरी उनले पछि महिलाको हकहितको लागी भनेर २०६९ सालमा ट्रेड युनियनको स्थापना पनि गरिन् ।साथै यो युनियन एसियाकै पहिलो भएको पनि बताएकी छिन् ।
त्यसको केही समयपछि उनले स्याङ्जाका सूर्यको अधिकारीसगँ विवाह गरिन् । उनी एक आइएनजिओमा काम गर्थे । त्यसपछि उनी आफ्नो श्रीमानले विद्युत प्राधिकरणमा चालकको लागी फर्म भर भनेपछि यसरी फर्म भरेकी थिइन् । जसले अन्त्यमा सुत्केरी भएको भोलिपल्ट नै यत्रो सफलता हात पारिन् ।त्यसैले त उनी गण्डकी क्षेत्रमै सरकारी सेवामा पहिलो महिला सवारीचालक बनिन् ।
यसैको प्रतिफल उनी सबै महिलाहरुको प्रेरणको स्रोत बन्दै आम दिदीबहिनीहरुलाई यसो भन्छिन् ,“महिला दिदीबहिनी टीभी सिरियल हेरेर समय बिताउने होइन । श्रीमानले कतिखेर तरकारी ल्याइदिनुहुन्छ र पकाउँला भनेर कुरेर बस्ने होइन । सीप सिकेर आत्मनिर्भर बन्नुस् । महिला आर्थिक रुपमा सम्पन्न भयो भने मात्र महिला हिंसाका कतिपय घटना स्वतः न्यूनीकरण हुँदै जानेछन्’ भनेर बताएकी छिन् । साथै थप्दै उनले ‘झ्यालबाट धेरै देखिँदैन, पूरै संसार हेर्न आँगनमै आउनुपर्छ भनेर बताइन् ।
जो अहिले पनि कामका साथसाथै आफ्नो कार्यक्षेत्र पोखरा मै सबैलाइ ड्राइभिङ्ग सिकाएर आत्मा निर्भर बनाउनको लागी ड्राइभिङ्ग सेन्टर खोल्ने तयारीमा रहेकी छिन् ।










