दाङ – तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत सल्यानको कपुरकोटबाट वनस्पति उद्यानको अवलोकन गरी दाङ फर्कदै गरेको बस राम्री भन्ने अवलोकन गरी दाङ फर्कदै गरेको बस राम्री भन्ने स्थानमा दुर्घटना भएको छ ।
प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार बेलुका ४ः५० बजे तुलसीपुर–सल्यान सडकखण्डमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ को राम्री भन्ने स्थानमा दुर्घटना भएको हो ।
बस बाट तलखसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनामा उद्धार गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरबाट डीएसपी प्रेम शाहीको कमाण्डमा १९ जनाको टोली र जिप्रका दाङबाट प्रहरी खटिएको छ ।
सल्यानको कपुरकोटमा रहेको मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गर्दा बस दुर्घटना भएको हो । बसमा शिक्षक तथा विद्यार्थी चढेको प्रहरीले जनाएको छ । कृष्णसेन बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी रहेकाे बस दुर्घटना भएको प्रहरीले प्रारम्भिक जानकारी दिएकाे छ ।
घटनास्थलमा १ महिला ९ पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा ३ महिला १ पुरुष नाम थर नखुलेको र घाइतेहरुलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा ल्याई पुर्यामइएको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी छ । उज्यालो अनलाइन बाट










