नेपाल आइडल सिजन २ को उपाधि कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको ‘ग्रान्ड फिनाले’ मा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् ।

सामाजिक संजालमा भेटिएको एउटा दुर्लभ तस्वीरले सोच्न बाध्य बनायो ।  फिनालेमा पुगेका ४ जना मध्ये एक जनाको तस्विर थियो त्यो । हुन त यो तस्वीरले अरुलाई के कति छुन्छ थाहा छैन तर  निकै हदसम्म यो तस्वीरले सोच्न बाध्या बनायो । नेपाल आइडलमा पुगेर आफ्नो क्षमता देखाउदै नेपाल आइडल बनेका  रवि ओडको कहाँनि अरुको भन्दा कहालीलाग्दो नै छ । उनले भोगेको दुख र गरेको संघर्षले बताउछ कि उनि एकदिन सफलाताको शिखरमा अवस्य पनि पुग्ने छन् । यतिबेला नेपाल आइडलमा संगीतमा साधना गरिरहेका नेपाल आइडल सिजन २ को उपाधि बिजेता देखि लिएर जीविकोपार्जन गर्नको लागि, घर खर्च चलाउनको लागि म्यादी प्रहरीमा बन्दा ठुलो सफलता पाएको भन गर्ने मान्छे पनि छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हुन त कसैको तुलना कसैसंग गर्न मिल्दैन तर रवि ओडको गीत संगीतप्रतिको लगाव र गायन कला देख्दा लाग्छ उनु भित्र इश्वरीए देन छ गायन को त्यो उनले जन्मिदा नै ल्याएर आएको थिए सायद । सानै छदा गुनगुनाएको सुनेर आमाले सोच्थीन रे मेरो छोरो एकदिन ठुलो कलाकार बंछा  होला । तर विडम्बना यतिबेला छोराको सफलता हेर्न चाहने उनलाई जन्माउने आमा यो संसारमा छैनन् यदि हुदी हुन् त आज रविको सफलतामा सबै भन्दा बढी खुसि उनै देखेने थिइन् । यतिबेला उनकि अर्की आमा छन् जसले आमाको मायामा कहिल्यै कमि हुन दिएनन । परदेशमा बुवा छन् जसको खुसीको सिमा नै छैन । हजारौ आफन्त लाखौ शुभचिन्तक छन् । उनीहरु सबैलाई रविको सफलताले निकै खुसि बनाउने छ ।

रविले के–के पुरस्कार पाए ?

‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेता रविले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद पाएका छन् ।

साथै, उनले एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउने छन्। फस्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी बने । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो ।