स्वास्थ्यमा समस्या देखिएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव अस्पताल भर्ना हुनु भएको छ ।

टाउको अधिक दुख्ने समस्या देखिएपछि उहालाई गएराति नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उहालाई डा. पंकज जलनको टिमले उपचार गरिरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युरिक एसिडका कारण जिउ दुख्ने समस्या पनि देखिएको डा जलनले बताउनु भयो । मन्त्री यादवको रिपोर्ट आएपछि समस्या पत्ता लाग्ने चिकित्सकले बताएका छन् ।