नेकपाका ४३ जना केन्द्रीय सदस्यले सरकारको काम गराइ प्रति लिखितरुपमै असन्तुष्टि जनाएका छन् । आज उनीहरुले हस्ताक्षर संकलन गरी पार्टी नेतृत्वद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

विवादास्पद छवि भएकाले सरकारबाट पाउने मानपदवी पाएको र राजनीतिक नियुक्ति गर्दा सरकारले अनैतिक आचरण भएकालाई नियुक्त गरेको भन्दै चर्को आलोचना गरेका छन् । केन्द्रीय सदस्य जगनाथ खतिवडाले भ्रष्टाचार विरुद्ध नलडेसम्म पार्टीको छवि उज्यालो नहुने बताए । उनले भने,‘स्थायी समितिको जारी बैठकबा दूरसञ्चार प्राधिकरणमा विवादास्पद छवि भएका दीगम्बर झाको नियुक्ति खारेज गरी देशभर भ्रष्टाचारको विरोधमा कार्यक्रम गर्नुपर्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी र यस्ता कतिपय घटनाक्रम तथा कामकारबाहीले कम्युनिस्ट सरकारको गरिमा र लोकप्रियतामा गम्भिर धक्का पुग्ने उनीहरुको निष्कर्ष छ । यसतर्फ पार्टी नेतृत्वको ध्यान जानुपर्ने र जारी स्थायी कमिटीको बैठकमा छलफलको विषय बनाउनु पर्ने पनि उनीहरुको माग छ । यस अघि २१ जना केन्द्रीय सदस्यले पनि सरकारको काम गराई र नेतृत्वको आलोचना गरी असन्तुष्टि जनाएका थिए । देश लामोसमयदेखि संस्थागत भ्रष्टाचारको दलदलमा भासिए पनि उनीहरुले बताएका छन् ।

लिखित पत्रमा भनिएका छ,‘एनसेलजस्ता कम्पनीहरुले हाकाहाकी कर छलिरहेका छन् र सरकारलाई विगतदेखिनै असहयोग गरिरहेका छन् । यस्ता संस्थागत भ्रष्टाचारका घटनाहरुलाई क्रमशः छिमल्दै र कारबाहीको दायरामा ल्याउँदै जानका लागि तत्कालैदेखि अभियान सञ्चालन गर्न आवश्यक छ । यसको सुरुवात राजनीतिक नियुक्ति पाएका भ्रष्ट छवीका मानिसहरुको नियुक्ति खारेजीबाट गरियोस् ।’

असन्तुष्टि जनाउनेमा श्रीप्रसाद साह, युग नारायण यादव र महेश्वर पाठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली समूहका हुन् भन् सामचन्द्र झा, हिमाल शर्मा र कृष्ण केसी अध्यक्ष प्रचण्ड समूहका हुन् ।

नामावली यस्ताे छ :

१.रामचन्द्र झा, २.विजय गुरुङ ३.यदुवंश झा ४.सत्रुघ्न महतो ५.निरज आचार्य ६.धर्मराज निरौला ७.विश्वनाथ प्याकुरेल ८.प्रेमलकुमार खनाल ९.सरला यादव १०.सिता गिरी ओली ११.रामकुमार ज्ञवाली १२.रविन कोइराला १३.पी.एल.श्रेष्ठ १४.रविन्द्र बैठा १५.दिलु पन्त १६.सुधिर शाह १७.योगनारायण यादव १८.मोहम्मद महफुज अन्सारी १९.विरोध खतिवडा २०.जयन्ती राई २१.मेटमणी चौधरी २२.गणेश पहाडी २३.चुडामणी जंगली २४.सुरेन्द्र मानन्धर २५.श्री प्रसाद शाह २६.सुधिर शाह २७.शेरबहादुर तामाङ २८.तैयब हुसेन २९.पशुपति चौलागाईं ३०.तुलबहादुर गुरुङ ३१.घनेन्द्र बस्नेत ३२.कृष्ण खनाल ३३.महेश्वर पाठक ३४.गोविन्दबिक्रम शाह ३५.श्रीमाया थकाली ३६.डा.वंशीधर मिश्र ३७.कृष्ण केसी ३८.ठाकुर गैरे ३९.माधव अर्याल ४०.भाष्कर काफ्ले ४१.रामकुमारी झाँक्री ४२.जगन्नाथ खतिवडा ४३.डा.विजयकुमार पौडेल

-नया पत्रिका बाट साभार