आज विहानै काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ ।
आज विहान ५ बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको मापन गरेको छ ।
झण्डै दुई महिनापछि भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि कार्तिक ८ गते दोलखा र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।










