भद्रपुर । झापाको भद्रपुर ज्यामिरगढी धुलावारी जोडने सडक खण्डमा टिपर दुर्घटनामा परेको छ । मेचीनगर स्थित निलकोठी भन्ने स्थानमा गएराती ११ बजे मे १ ख ३००९ नम्बरको टिपरले सडक छेऊको बिजुलीको पोल गएर ठोकिएको थियो ।

चालकको लापरवाहीले टिपर दुर्घटनामा परेको स्थानीय बताउँछन् । टिपर चालक फरार रहेको प्रहरीले जानकारी दिए । कुनै मानविय क्षति नभएपनि विजुली सेवा अवरुद्ध बनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड