काठमाडौ । नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो नेपाल आइडल सिजन २’ को उपाधि सुदुर पश्चिमका शान रवि ओड जितेका छन् । शुक्रबार भएको फाइनल चरणको प्रतिस्पर्धामा तीन प्रतिस्पर्धी बिक्रम बराल , सुमित पाठक र अस्मिता अधिकारी पछि पार्दै दर्शकहरुको सर्वा्धिक भोट पाएर रवि ओडले अग्र स्थान हासिल गरेका हुन् ।

यस्तै फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन् । जुन कार्यक्रम नेपाल आइडल सिजन २ का टप १० भित्र परेका केही प्रतिस्पर्धीहरुले पनि आफ्नो प्रस्तिुति दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै भर्खरैमात्र नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीले आफ्नो फेसबुकमार्फत रवि ओडलाई धन्यबाद दिदै एक सबैको मन छुने स्टाटस लेखेकी छिन् । जहाँ अहिले सम्म उनलाई भोट गरेर यो स्थानसम्म ल्याउने जजहरु र आम दर्शकहरुलाई पनि धन्यवाद दिएकी छिन् । नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीको घर झापा हो । अहिले २२ वर्षकी उनी नर्सङ्गकी विद्यार्थी हुन् । सुमधुर स्वरकी धनी अस्मिताको स्टाटस जस्ताको तस्तै ,हेर्नुस्

सर्वप्रथम त मेरो साथी Ravi Oad लाई मुरी मुरी बधाई

हार र जीत भनेको केवल मनको अवस्था हो | महत्पूर्ण कुरा त यो क्षण हो, यो सुनौलो सांगीतिक यात्रा हो जसको कुनै अन्त्य छैन | अहिलेको क्षणिक दुखमा डुबेर अहिले सम्मको पाएको सांगीतिक उपलब्धि अनि हजुरहरू जस्तो लाखौ श्रोताहरूको मायालाई कदापी नकार्न सक्दिन | आत्मासात गर्नु अनि सबै दुख सुखलाई सराहना गर्दै जीवन बाच्नुनै मेरो लागि सहि अर्थमा जीवन जिउनु भन्ने लाग्छ |

मैले यो प्रतियोगिताबाट केवल पाएको मात्र छु l केहि पनि गुमाएको छैन| अनि सहि अर्थमा भन्नु पर्दा मैले बल्ल सांगीतिक महासागरको एउटा सानो अंश थाहा पाएको छु अनि एउटा बिध्यार्तिको रुपमा मेरो सांगीतिक अध्यन बल्ल सुरु भएको छ | धेरै लामो छ यो यात्रा अनि हजुरहरूलाई गरेको वाचा पुरा गर्न धेरै मेहनत गर्नु छु र यो अलौकिक यात्राको पहिलो दिन आज हो |

मलाई NEPAL IDOL SEASON को TOP 4 FINALIST बनाई यस्तो गौरबमय अनुभूति दिनुहुने सम्पूर्ण पक्षहरू : AP1 TV परिवार, सम्मानीय Judges हरू अनि मेरो प्राणभन्दा नि प्यारो मेरा सुभचिन्तकहरू मेरा परिवारका सदस्यहरू , मेरो साथीसंगीहरू , मेरो गुरुजनहरू , मेरो support group मा डटेर लागेका सदस्यहरू , बिदेशी भूमिमा बसेर पनि आफ्नो अमुल्य सहयोग दिनु हुने सहयोगी व्यक्तित्वहरू र देशका कुना काप्चामा वसेर मलाई हसौला दिनु हुने र मेरो लागि प्राथना गर्नु हुने समस्त आत्मा प्रति कोटी कोटी श्रदा सुमन अर्पण गर्न चाहन्छु |

Everything happens for a reason and I am determined and inspired more than ever to bring joy to each of you who trusted me and invested your valuable time.

MY JOURNEY HAS JUST BEGUN !!!  Thank you for changing my life this way , LOVE YOU ALL FOREVER

यस्तो छ सुमित पाठकको फेसबुक वालमा 

नेपालकै पहिलो चर्चित रियालीटी सो नेपाल आइडल सिजन २ ले लामो प्रयासपछि नेपालका आइडल प्राप्त गरेको छ । नेपाल आइडल सिजन २ मा अत्याधिक भोट प्राप्त गरेर कञ्चनपुरका शान रबी ओडले नेपाल आइडलको उपाधी हात पारेका छन् । त्यस्तै आइडलका फस्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुदिप पाठक र थर्ड रनरअप अस्मिता बराल बनेकी छन् । यसै क्रममा सबैको मन जित्तेर नेपाल आइडलको सेकेण्ड रनरअप बन्न सफल झापाका सुमित पाठकले केही समय अगाडी मृत्यु भएकी आमालाई आफ्नो सफलताको खुसी देखाउन नपाएको भन्दै आफ्नो फेसबुक मार्फत सबैलाई रुवाउने भावुक स्टाटस लेखेका छन् ।

हजुरहरुको प्यारो सुमित पाठक