दमक/दमकमा मोटरसाइकल र सिटी सफारी ठोक्किएको छ । हिजो साँझ दमक नगरपालिका २ ढुकुरपानी जाने बाटो स्थित भित्री सड्क खण्डमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेको मे.१ ह. १९८१ नम्बरको सिटी सफारी लाई बिपरीत दिशा बाट आउदै गरेको मे.८प. ५२१६ नम्बरको जुधेको जनाईएको छ ।

मोटरसाइकल चालक दमक नगरपालिका ४ बस्ने बर्ष ३० को बिजय सुब्बा सोहि मोटरसाइकल पछाडी सवार दमक २ बस्ने बर्ष ३१ को टेक बहादुर कटुवाल र सिटि सफारी चालक मोरङ मिक्लाजुङ गाउपालिका ९ बस्ने बर्ष ३५ को कृष्ण लकाई घाईते भएको बताइन्छ ।