आलोक यादव ,सिरहा,२०७५ पौष ०८ गते । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने जिल्ला प्रहरि कार्यालय सिरहाले निरन्तरता दिएका छन् ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा मातहत ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा बाट खटिएको प्रहरी टोलिले जिल्ला सिरहा गोलबजार नगरपालिका वाडा नम्बर २ टुडकिया स्थितमा सोही ठाँउका स्थानीय बासिन्दाहरुको बारिमा उमरेको पाँच सय बोट गाँजा स्थानीय बासिको रोहवरमा फडानि गरि नस्ट गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि तथा प्रबक्ता माधव राज खरेर ज्युले जानकारी दिनु भयो।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत उनले वताएका छन् ।