काठमाडौं– मोरङको उर्लाबारीमा एक प्रहरी जवान आफैंले बोकेको हतियार पड्किएर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी जवान सञ्जिव खड्का आफैंले बोकेको थ्री नट थ्री राइफल पड्किएर घाइते भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमवार विहान ९ बजेतिर बा१झ ६४५० नम्बरको भ्यानमा गस्ती गएका बेला राइफल पड्किएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरी जवान खड्काको छातीको दाहिने भागमा गोली लागेको जनाइएको छ । हाल उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।