काठमाडौं, ९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हिम्मत भए आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् । चितवनबाट आफ्नो पार्टीका कार्यकर्तालाई पक्राउ गरेको सन्दर्भमा उनले यस्तो चेतावनी दिएका हुन् ।

आइतबार प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले भने, ‘गिरफ्तार गर्ने हो भने मलाई यही  आएर गरे हुन्छ, हाम्रो महासमिति सदस्यलाई प्रचण्डजीको अभिव्यक्तिबारे टिप्पणी गरेको भरमा गिरफ्तार गर्ने ? मान्छेको अभिव्यक्ति स्वतन्त्रता हुँदैन् । कमरेड प्रचण्डले बोल्नुभयो, हाम्रो साथीले जवाफ दिनुभयो । कांग्रेस अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने सबैभन्दा ठूलो दल हो ।’